Monday, August 6, 2012

Nepali Politics in Limbo-2


अब त केही गर्नुहोस्, गगन जी
यो हाम्रो दुर्भाग्य हो । हामीलाई पहिलादेखि थाहा थियो यस्तो हुन्छ भन्ने कुरा । हामीले आस गर्यो, हामी मुर्ख भयौं । आखिर तपाई पनि मुर्ख हुनु भो नि !
यही बीचमा आएको प्रधानमन्त्रीको निर्वाचनको प्रश्तावले मलाई उत्साहित पारेको छ । मलाई गलत नबुझ्नु होस् । पक्कै पनि यो घोषणा जायज छैन । यसले अझ बढी अन्यौलता दिनेछ, यसमा कुनै दुईमत छैन । तर यसलाई ब्याब्थापन गर्न सकिन्छ । मात्र यति हो, तपाई हामीहरु तयार रहनु पर्छ । यो तयारी मुलत: ब्याबाहारिक एवं फलदायी हुनेछ ।
म यसको शान्दर्भिकतालाई यसरी प्रश्तुत गर्छु । हिजो बुद्धिसागरले यस्तो लेखेका थिए फेसबुकमा, “नयाँ चुनावमा जाने रे ! के नेताहरुलाई जनताको ठेगना थाहा छ ?” हो, तपाईहरुलाई हाम्रो ठेगना थाहा छैन । तपाईहरु भनें, मनमा नराख्नु होला । आखिर थोर बहुत हो त त्यही, तपाई पनि त्यो गैरजिम्मेबारी जत्थामा आफूलाई देखाउन प्रयत्नशिल देखिनु हुन्छ ।
त्यस्तै, जनआन्दोलनको बेला अग्रपंक्ति उभिएको मेरो एक मित्रको इस्टाटसपनि उत्तिकै शान्दर्भिक हुन्छ यसबेला । “ राजा आऊ, देश बचाऊ ।“ उसले लेखेको छ । यो त मात्र सयौं द्रिष्टान्तमध्धेको एक हो। तपाईलाई लाग्दैन तपाईहरुले नै संस्थागत गरेको परिबर्तन यो हो भन्ने ? मैले विगत एक हप्तामा बात मार्न पाएका मान्छेहरुको तर्कले पनि उत्तिकै शन्दर्भ भेट्छ यहाँ । उनिहरुको मूल आशय थियो – नेताहरुभन्दा राजा ठीक किनकी त्यतिबेला एउटा चोर थियो र त्यो चोर आँकलन गर्न सकिने खालको थियो ।  अहिलेकाहरु बढो अप्ठ्यारा छन् । यो सामान्य जनताको बिचार हो । गम्नु होस् त , असफलताको परकाष्ठा यो भन्दा बढी के हुन सक्छ र ?
मलाई लाग्छ, रबिन्द्र मिश्रले शुशिल कोइरालालाई सम्बोधन गरेर लेखेको लेख अबश्य पढ्नु भयो । राष्ट्रिय महत्वको बिषयमा तपाईको नेत्रित्व तप्काले देखाएको (अ)कटिबद्धता बेतुकको छ । तपाईको पालो कहिले आउँछ गगन जी ? तपाईको स्थान के हो ? बिन्ती यसलाई ब्याक्तिगत लान्छना नसम्झनू होस् । तर यो त बर्षौदेखि सोधिदै आइएको एक सामान्य प्रश्न हो, जसको उत्तर तपाईले दिन सक्नु भएको छैन । साँडेको फल झर्ला र खाउँला भन्ने सोच्नु भएको हो तपाई गलत हुनुहुन्छ । वास्तवमा साँडेको फल नै हुँदैन । त्यो फल जो तपाई हामीलाई देखाइएको छ , मात्र भ्रम हो । यदि तपाईलाई आफूले केही असल गर्नु भएको छ लागेको छ भने त्यो अझ ठूलो भ्रम हो । तपाईले केही गर्नु भएको छैन । सम्विधान सभामा भएको तपाईको उपस्थितिले लछारपाटो लगाएको छैन । तपाईको जादुइ ब्याक्तित्व जसले हामीलाई कायल पारेको थियो बकमफुस प्रतित भएको छ ।
अब निर्बाचन र हामी उँभिएको धरातलको शन्दर्भलाई हेरौं । यस बेला पनि जनता हाम्रो पोल्टामा छन् भनेर सोच्ने महामुर्खहरुको भिड्बाट बाहिर निश्किएर निहाल्नुहोस् । बाटामा हिंडिरहेको एक सामान्य भन्दा सामान्य नेपालीलाई सोध्नुहोस् । यदि चुनाव भइहाल्यो भनें, तपाईको पार्टी चुनाब गर्न दिइहाल्यो भनें , कसलाई भोट हाल्नुहुन्छ ? उत्तरले तँपाईलाई अवाक बनाउने छ । तर कांग्रेस र एमालेले कदापि चुनाव हुन दिदैनन् किनकी यसबेला उनीहरुको राजनैतिक बिश्लेशण अति सही छ –कुन मुख लिएर भोट माग्न जाने ? ब्याक्तिगत रुपमा भन्नु पर्दा, यदि यही परिद्रिश्यमा कोही भोट माग्न आउछ भनें त्यसको मुखमा थुक्ने प्रथम ब्याक्ति हुनेछु म ।
तर चुनाब अति आबश्यक छ । यसको बिरोध नगर्नुहोस किनकी यो सबैभन्दा ब्याबहारिक एवं प्रजातान्त्रिक उपाय हो जनमत लिने । बरु पार्टीहरुको बिकल्प खोज्नुहोस , सँगै मिलेर खोजौं । हिजो सम्बिधान सभाको बिकल्पको कुरा हुंदै थियो, आज म ति टाउकेहरुको बिकल्पको बारेमा सोचिरहेको छू । हो, मसँग धेरै सीमाहरु छन् । तर तँपाईसँग मेरो तुलनामा थोरै सीमाहरु छन् । तपाई यसो गर्नु पर्छ किनकी तपाई गर्न सक्नु हुन्छ, किनकि यो भन्दा सही केही हुने छैन ।
हामीहरुलाई अबगत छ, तपाईहरु धरैजानालाई यो घटनाक्रमले निरुत्साहित एवं असन्तुस्ट पारेको छ । तपाईहरु सबैजाना मिल्नुहोस्, मिडियाले सम्विधान र शान्तिको लागि अभियान चलाएका छन् । सहकार्य गर्नु होस । पक्कै यिनले सही कुरालाई महत्वका साथ जनतामाझ पुर्याउने छन् । नागरिक समाजलाई सहयोगको लागि अपिल गर्नुहोस । फेसबुकमा एउटा इस्टाटस लेख्नुहोस अनि चमत्कार हेर्नुहोस । यी सामाजिक सञ्जालहरुले तपाईको अभियानमा सबैभन्दा बढी सहयोग गर्ने छन ।
हामीले बुझेका छौ, सिद्धान्तगत रुपमा यो निर्णय जटिल छ ।  तर समग्र राष्ट्रको हितको निम्ति तपाईहरुले सिद्धान्तगत सम्शोधन गर्नै पर्छ । बह्य हस्तछेप उत्तिकै भइरहेको छ । भोक, गरिवी, अभाब एवं अनिश्चितता छ । विसौं समस्या छन् । यस मानेमा, अबसरहरु पनि छन् । तिनलाई पूँजीक्रित गर्नुहोस् । राष्ट्रहितप्रति कटिबद्ध  सम्पूर्ण ब्याक्तिहरुलाई एक गर्नु होस । नायक हुने समय यही हो, यदि तपाई सद्रिश्यता चहानुहुन्छ भने । होइन भने, छोडदिनुहोस नेतागिरी र उभिनुहोस हामी उभिएको धरतिमा अनि महशुस गर्नुहोस हाम्रा पिडाहरु । यसले पनि तपाईलाई खलनायक चाँहि बनाउँदैन ।
म यो पत्र तपाईलाई प्रेसित किन गर्दै छु भने मैले तपाईबाहेक बिश्वासयोग्य कुनै युवा नेता चिनेको छुँइन । तपाईले धेरैलाई चिन्नु भएको छ । मलाई अझै लाग्छ तपाई पार्टी बाहिर पनि केहि हुनुहुन्छ । अर्को ब्याक्तिगत कारण, मैले आजसम्म एमालेको झन्डा बोकेर हिडेको छु, जंगलेहरुलाई समर्थन गरेको छु (यतिसम्म कि, तपाई र उनीहरु बिच छान्न लगाउँदा, मैले तपाईलाई छानेको छुइन । यध्यपि म गैरराजनितिक मान्छे हुँ ।) हुनपनि सिद्धान्तले मान्छेलाइ अन्धो बनाई दिन्छ । अत: सिद्धन्तको कुरो गर्दै नगर्नुहोस् । यो परिबर्तनको समय हो। यसको लागि तयार रहनु होस् । हामीलाई नेत्रित्व दिनुहोस् ।  म लगायत लाखौंले तपाईको साथ दिनेछन् परोक्छय रुपमा किनकि तिनलाई थाहा छ पार्टीको बिकल्प छ, सबैकुराको बिकल्प छ तर राष्ट्र हितको बिकल्प छैन, न त प्रजातन्त्रको नै छ ।


Nepali Politics in Limbo







It is your Time to Speak, Gagan

This is our misfortune. Even if we had known it all the way long, we hoped. So we got fooled. You are also in the same lot, aren’t you?
Meanwhile, the proposition made by the Prime Minister to hold the fresh elections has made some of us very excited. Kindly don’t get me wrong. There is no telling how dicey it would be. But we can manage the quandaries. It is only that we have to be ready. This will only be the methodical and fruitful.
I will present the relevance of these elections herewith. Buddhisagar wrote on Facebook on May 27, “I hear they are going for fresh elections. I wonder if they know people’s address.” He was more or less right. You people have forgotten our addresses. Don’t get it otherwise as I’m including you in the lot. In fact, this is the reality. Aren’t you attempting to get visibility in that irresponsible entourage?  
Likewise, the status written by a friend of mine who had been in the frontline during the Resurrection II is contextually mentionable here. “King, come and save the country,” he has written. This is only one of the hundreds of grouses. Don’t you ever feel that this is ‘the change’ you people have institutionalized? In addition, the arguments made by the people who I spoke to during last week are even more relevant here. The essence of their arguments was- the king’s reign was better than this because there was only one thief, a predictable one. The ones today are mercurial. I am not manipulating. This is how people thought. Please mull over. Is there any other nadir of political failure?  
I hope you have already read the article written by Rabindra Misra addressing Sushil Koirala. How careless position your top brass has put on a nationally important issue! When will you have your time, Gagan Ji? What is your position now? I’m not running a personal tirade here. This is the question which has gone unanswered for years now thanks to your reticence. If you think that the ‘bull’s fruit’ will fall off and you will feed on it, you are wrong. In fact, the bull has no fruit. The fruit which has been shown to us as well as you is a figment. Or if you think that you have done something good, this will be a greater figment. Your presence in the Constituent Assembly hasn’t made much difference in our life, nor have you done anything noteworthy. The charismatic personality you had once boasted of seems to have gone worthless.
Let’s now assess the ‘possible elections’ and our position. Kindly get out of the flocks of the bright sparks who are still thinking that the people are with them and study the situations outside. Ask the most ordinary man possible in the street who he will vote for provided there is an election coming up despite possible resistance from your party and others. His answer will make you speechless. But NC and UML will never tend to go for elections because they had had an exact political analysis of late. It will be morally impossible for them to face the people. Personally, if a person comes to me for votes without any fundamental change, I will be the first to spit on his face.
Nonetheless, the elections are very essential at present. Don’t object to it as it is the most practicable and democratic way of having people’s mandate. Rather look for an alternative to the parties. Let’s look for the one together.
They were dialoguing about the alternative to the Constituent Assembly on May 27. Now I’m pondering over an alternative to the incapable leaders. Yes, I’ve got a lot of limitations. But you have got fewer of them. You have to do it because you can, because there is nothing better to do.
We are informed of the fact that you and the ilk have been disappointed by the series of the events that surfaced. But you all can get united. You can cooperate with the Media which is running a movement for peace and the constitution. They will definitely air the right issues to the populace with a reasonable emphasis. Meanwhile, you can appeal the civil society for backing or write a status on Facebook. You will get bedazzled by the magic it creates. I believe social networkings will be the most helpful tool for you.
We also know it is a theoretically difficult decision. But you must materialize the paradigm shift for the greater good. We are aware of the fact that the external butting-into is at the acme besides hunger, dearth, poverty and uncertainty. In this sense also, there are equal numbers of opportunities. Cash on them. Unite all the people committed to the welfare of the country. It is time to be a hero if you want the visibility. If not, give up the leaderism and stand on the earth we are standing now and feel our pains. This will not make you a villain either.
I’m sending this letter to you because you don’t know any other trustworthy young leaders. You know many of them. Besides, I still feel that you are someone beyond your party. There is a personal reason for it as well. I’ve carried UML’s flag, supported the ‘wild’ people so much that I didn’t choose you when I was asked to choose between them and you although I am more or less an apolitical person.
True enough, a principle blinds us. Don’t point at your principles. It is the time for the change. Get ready for it. Lead us. Hundreds of thousands people including me will back you backhandedly because we know there is an alternative to a party, to everything. But there is none to the welfare of the people, nor is there one to democracy.