अब त केही गर्नुहोस्, गगन जी
यो हाम्रो दुर्भाग्य हो । हामीलाई पहिलादेखि थाहा थियो यस्तो हुन्छ भन्ने कुरा
। हामीले आस गर्यो, हामी मुर्ख भयौं । आखिर तपाई पनि मुर्ख हुनु भो नि !
यही बीचमा आएको प्रधानमन्त्रीको निर्वाचनको प्रश्तावले मलाई उत्साहित पारेको छ
। मलाई गलत नबुझ्नु होस् । पक्कै पनि यो घोषणा जायज छैन । यसले अझ बढी अन्यौलता
दिनेछ, यसमा कुनै दुईमत छैन । तर यसलाई ब्याब्थापन गर्न सकिन्छ । मात्र यति हो, तपाई
हामीहरु तयार रहनु पर्छ । यो तयारी मुलत: ब्याबाहारिक एवं फलदायी हुनेछ ।
म यसको शान्दर्भिकतालाई यसरी प्रश्तुत गर्छु । हिजो बुद्धिसागरले यस्तो लेखेका
थिए फेसबुकमा, “नयाँ चुनावमा जाने रे ! के नेताहरुलाई जनताको ठेगना थाहा छ ?” हो,
तपाईहरुलाई हाम्रो ठेगना थाहा छैन । तपाईहरु भनें, मनमा नराख्नु होला । आखिर थोर
बहुत हो त त्यही, तपाई पनि त्यो गैरजिम्मेबारी जत्थामा आफूलाई देखाउन प्रयत्नशिल
देखिनु हुन्छ ।
त्यस्तै, जनआन्दोलनको बेला अग्रपंक्ति उभिएको मेरो एक मित्रको इस्टाटसपनि
उत्तिकै शान्दर्भिक हुन्छ यसबेला । “ राजा आऊ, देश बचाऊ ।“ उसले लेखेको छ । यो त
मात्र सयौं द्रिष्टान्तमध्धेको एक हो। तपाईलाई लाग्दैन तपाईहरुले नै संस्थागत
गरेको परिबर्तन यो हो भन्ने ? मैले विगत एक हप्तामा बात मार्न पाएका मान्छेहरुको
तर्कले पनि उत्तिकै शन्दर्भ भेट्छ यहाँ । उनिहरुको मूल आशय थियो – नेताहरुभन्दा
राजा ठीक किनकी त्यतिबेला एउटा चोर थियो र त्यो चोर आँकलन गर्न सकिने खालको थियो ।
अहिलेकाहरु बढो अप्ठ्यारा छन् । यो
सामान्य जनताको बिचार हो । गम्नु होस् त , असफलताको परकाष्ठा यो भन्दा बढी के हुन
सक्छ र ?
मलाई लाग्छ, रबिन्द्र मिश्रले शुशिल कोइरालालाई सम्बोधन गरेर लेखेको लेख अबश्य
पढ्नु भयो । राष्ट्रिय महत्वको बिषयमा तपाईको नेत्रित्व तप्काले देखाएको (अ)कटिबद्धता
बेतुकको छ । तपाईको पालो कहिले आउँछ गगन जी ? तपाईको स्थान के हो ? बिन्ती यसलाई
ब्याक्तिगत लान्छना नसम्झनू होस् । तर यो त बर्षौदेखि सोधिदै आइएको एक सामान्य
प्रश्न हो, जसको उत्तर तपाईले दिन सक्नु भएको छैन । साँडेको फल झर्ला र खाउँला
भन्ने सोच्नु भएको हो तपाई गलत हुनुहुन्छ । वास्तवमा साँडेको फल नै हुँदैन । त्यो
फल जो तपाई हामीलाई देखाइएको छ , मात्र भ्रम हो । यदि तपाईलाई आफूले केही असल
गर्नु भएको छ लागेको छ भने त्यो अझ ठूलो भ्रम हो । तपाईले केही गर्नु भएको छैन । सम्विधान
सभामा भएको तपाईको उपस्थितिले लछारपाटो लगाएको छैन । तपाईको जादुइ ब्याक्तित्व
जसले हामीलाई कायल पारेको थियो बकमफुस प्रतित भएको छ ।
अब निर्बाचन र हामी उँभिएको धरातलको शन्दर्भलाई हेरौं । यस बेला पनि जनता
हाम्रो पोल्टामा छन् भनेर सोच्ने महामुर्खहरुको भिड्बाट बाहिर निश्किएर
निहाल्नुहोस् । बाटामा हिंडिरहेको एक सामान्य भन्दा सामान्य नेपालीलाई सोध्नुहोस्
। यदि चुनाव भइहाल्यो भनें, तपाईको पार्टी चुनाब गर्न दिइहाल्यो भनें , कसलाई भोट
हाल्नुहुन्छ ? उत्तरले तँपाईलाई अवाक बनाउने छ । तर कांग्रेस र एमालेले कदापि
चुनाव हुन दिदैनन् किनकी यसबेला उनीहरुको राजनैतिक बिश्लेशण अति सही छ –कुन मुख
लिएर भोट माग्न जाने ? ब्याक्तिगत रुपमा भन्नु पर्दा, यदि यही परिद्रिश्यमा कोही भोट
माग्न आउछ भनें त्यसको मुखमा थुक्ने प्रथम ब्याक्ति हुनेछु म ।
तर चुनाब अति आबश्यक छ । यसको बिरोध नगर्नुहोस किनकी यो सबैभन्दा ब्याबहारिक
एवं प्रजातान्त्रिक उपाय हो जनमत लिने । बरु पार्टीहरुको बिकल्प खोज्नुहोस , सँगै
मिलेर खोजौं । हिजो सम्बिधान सभाको बिकल्पको कुरा हुंदै थियो, आज म ति टाउकेहरुको
बिकल्पको बारेमा सोचिरहेको छू । हो, मसँग धेरै सीमाहरु छन् । तर तँपाईसँग मेरो तुलनामा
थोरै सीमाहरु छन् । तपाई यसो गर्नु पर्छ किनकी तपाई गर्न सक्नु हुन्छ, किनकि यो
भन्दा सही केही हुने छैन ।
हामीहरुलाई अबगत छ, तपाईहरु धरैजानालाई यो घटनाक्रमले निरुत्साहित एवं
असन्तुस्ट पारेको छ । तपाईहरु सबैजाना मिल्नुहोस्, मिडियाले सम्विधान र शान्तिको
लागि अभियान चलाएका छन् । सहकार्य गर्नु होस । पक्कै यिनले सही कुरालाई महत्वका
साथ जनतामाझ पुर्याउने छन् । नागरिक समाजलाई सहयोगको लागि अपिल गर्नुहोस ।
फेसबुकमा एउटा इस्टाटस लेख्नुहोस अनि चमत्कार हेर्नुहोस । यी सामाजिक सञ्जालहरुले
तपाईको अभियानमा सबैभन्दा बढी सहयोग गर्ने छन ।
हामीले बुझेका छौ, सिद्धान्तगत रुपमा यो निर्णय जटिल छ । तर समग्र राष्ट्रको हितको निम्ति तपाईहरुले
सिद्धान्तगत सम्शोधन गर्नै पर्छ । बह्य हस्तछेप उत्तिकै भइरहेको छ । भोक, गरिवी,
अभाब एवं अनिश्चितता छ । विसौं समस्या छन् । यस मानेमा, अबसरहरु पनि छन् । तिनलाई
पूँजीक्रित गर्नुहोस् । राष्ट्रहितप्रति कटिबद्ध
सम्पूर्ण ब्याक्तिहरुलाई एक गर्नु होस । नायक हुने समय यही हो, यदि तपाई
सद्रिश्यता चहानुहुन्छ भने । होइन भने, छोडदिनुहोस नेतागिरी र उभिनुहोस हामी
उभिएको धरतिमा अनि महशुस गर्नुहोस हाम्रा पिडाहरु । यसले पनि तपाईलाई खलनायक चाँहि
बनाउँदैन ।
म यो पत्र तपाईलाई प्रेसित किन गर्दै छु भने मैले तपाईबाहेक बिश्वासयोग्य कुनै
युवा नेता चिनेको छुँइन । तपाईले धेरैलाई चिन्नु भएको छ । मलाई अझै लाग्छ तपाई
पार्टी बाहिर पनि केहि हुनुहुन्छ । अर्को ब्याक्तिगत कारण, मैले आजसम्म एमालेको
झन्डा बोकेर हिडेको छु, जंगलेहरुलाई समर्थन गरेको छु (यतिसम्म कि, तपाई र उनीहरु बिच
छान्न लगाउँदा, मैले तपाईलाई छानेको छुइन । यध्यपि म गैरराजनितिक मान्छे हुँ ।)
हुनपनि सिद्धान्तले मान्छेलाइ अन्धो बनाई दिन्छ । अत: सिद्धन्तको कुरो गर्दै
नगर्नुहोस् । यो परिबर्तनको समय हो। यसको लागि तयार रहनु होस् । हामीलाई नेत्रित्व
दिनुहोस् । म लगायत लाखौंले तपाईको साथ
दिनेछन् परोक्छय रुपमा किनकि तिनलाई थाहा छ पार्टीको बिकल्प छ, सबैकुराको बिकल्प छ
तर राष्ट्र हितको बिकल्प छैन, न त प्रजातन्त्रको नै छ ।
.jpg)
No comments:
Post a Comment